मिस सुनार बनिन् ‘सिसम’

पाेखरा | कात्तिक ६, २०७९

मिस सुनार बनिन् ‘सिसम’ PHOTO: PRABESH NEPALI

पोखरा:

प्रतिक इन्भेन्ट्सले आयोजना गरेको तेस्रो संस्करणको मिस सुनार २०२२ को ताज सिसम रामदामले जितेकी छिन् ।  शनिबार बेलुका सम्पन्न ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछी पार्दै उनले ताज जितेकी हुन् । 

 

मिस सुनारको ताजसँगै रामदामले स्कुटर सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
 

यसैगरि संगिता सुनार फस्ट रनरअप घोषित हुदै ताजसहित नगद रु ५० हजार हात पारिन् भने सेकेण्ड रनरअफ स्वेता सुनारले बनिन् । उनले क्राउन र नगद २५ हजार पुरस्कार प्राप्त गरिन् । 
पुजा विश्वकर्मा भ्युवर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् ।
 

इभेन्ट आयोजना गरेका प्रतिक सुनारले विजेता तथा उपविजेताहरुलाई विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका प्रदान गरिने बताए । 

 

उनका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न मिस सुनार २०२२ को निर्णायकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, संञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिवुगीका विजेता कविता नेपाली रहेका थिए । 

 

मिस सुनारको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धी छनोट भएका थिए । 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्